अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ,बुटवल (सम्पर्क कार्यालय,नेपालगञ्ज)बाट बाँके जिल्लामा एक दिवसीय सामुदायिक शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल (सम्पर्क कार्यालय,नेपालगञ्ज)को आयोजनामा मिति २०७९/०५/२७ गतेको दिन बाँके जिल्लाको श्री सूर्योदय माध्यमिक बिद्यालय,बैजनाथ गाँउपालिका वडा नं.१, चिसापानीमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी बिद्यालयस्तरीय सामुदायिक शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगञ्जका कार्यालय प्रमुख श्री विजयराज पौडेलको अध्यक्षता एंव बैजनाथ गाँपालिकाका उपाध्यक्ष श्री निर्मला रोकायाको प्रमुख आतिथ्यतामा भएको थियो । आयोगको कार्यालयका शाखा अधिकृत श्रीधर टण्डनबाट सञ्चालन भएको उक्त कार्यक्रममा बैजनाथ गाँउपालिका, वडा नं.१ का वडा अध्यक्ष , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , बिद्यालयका प्रध्यानाध्यापक ,शिक्षक शिक्षिकाहरु एंव कक्षा १०-१२ मा अध्ययनरत ८३ जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
Tweet