अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
यस कार्यालयको आ.व. २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम मिति २०७९/०५/२७ गते पर्सा जिल्लाको धोबीनी गाउँपालिकामा सो गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत, पालिकास्थित माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरु, पालिकास्थित संघीय, प्रादेशिक तथा स्थानीय तहका कार्यालय प्रमुखहरु, पालिकाका शाखा प्रमुखहरु, स्थानीय गैरसरकारी संघ/संस्था/नागरिक समाजका प्रतिनिधिहरु, पालिकामा रहेका विभिन्न उपभोक्ता समितिहरुका अध्यक्ष, सचिव र कोषाध्यक्षहरु लगायत ७० जनाको उपस्थितिमा “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” विषयमा गाउँपालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
Tweet