नवआगन्तुक कर्मचारीहरुलाई अनुसन्धान सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्‍न

आज मिति २०७६।०७।०१ मा आयोगका माननीय प्रमुख आयुक्त नवीनकुमार घिमिरेज्यूको समुपस्थितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नवआगन्तुक कर्मचारीहरुलाई लक्षित गरी मिति २०७६।०६।२८ गते देखि सञ्‍चालित अभिमुखीकरण कार्यक्रम सम्पन्‍न भएको छ । आयोगमा आउने नयाँ कर्मचारीहरुलाई खास गरी आयोगको कार्य प्रकृति, कर्मचारीहरुले पालना गर्नु पर्ने आचार संहिता तथा अनुशासन, अनुसन्धान, तहकिकात तथा अभियोजन सँग सम्बन्धित विषयवस्तु लगायत अन्य कानूनी पक्षहरुलाई समेत समावेश गरी निरन्तर रुपमा सञ्‍चालन हुँदै आइरहेको अभिमुखीकरण कार्यक्रम यो पटक पनि अत्यन्तै व्यवस्थित तथा प्रभावकारी रुपमा सम्पन्‍न भएको छ । आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाज्यूले सहभागीहरुका तर्फबाट प्राप्त पृष्‍ठपोषणहरुको बारेमा जानकारी गराउँदै सुरु भएको समापन कार्यक्रममा आयोगका माननीय प्रमुख आयुक्त नवीनकुमार घिमिरेज्यू सहित माननीय आयुक्त डा. सावित्री थापा गुरुङज्यू, श्रीमान सचिव महेश्‍वर न्यौपानेज्यू, महाशाखा प्रमुखज्यूहरु, सम्पूर्ण प्रशिक्षार्थीहरु लगायत तालिम सञ्‍चालन समूहका सदस्यहरु समेतको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट तालिमको बारेमा धारणा राख्दै शाखा अधिकृत सूजन कुमारी वर्देवाले अभिमुखीकरण तालिमबाट आफूहरु अनुसन्धानका धेरै जस्तो विषयवस्तुहरुको बारेमा सुसूचित भएको बताउनु भयो भने तालिमको व्यवस्थापन पक्ष उत्कृष्‍ट रहेको धारणा राख्नुभयो । सहभागीहरुको तर्फबाट धारणा पश्‍चात आयोगका श्रीमान् सचिव महेश्‍वर न्यौपानेले बोल्दै सहभागीहरुबाट प्राप्त भएका पृष्‍ठपोषणहरुलाई आगामी तालिमको संरचना निर्धारण गर्दा  समावेश गर्ने बताउनु हुँदै सहभागी प्रशिक्षार्थीहरुको पृष्‍ठपोषण अनुरुप नै आयोगले पनि आगामी दिनहरुमा सार्वजनिक खरिद, जग्गा प्रशासन, विकास निर्माणमा गुणस्तर जस्ता विषयहरुमा अनुसन्धान गर्न विशिष्‍टिकृत तालिम सञ्‍चालन गर्ने योजना रहेको बताउनुभयो भने स्रोत तथा साधनहरु उपलब्ध गराउने विषयमा आयोगले कहिल्यै पनि कञ्जुस्याँई नगर्ने तर कर्मचारीहरुले मर्यादित ढङ्गले समय भित्र त्रुटि रहीत रुपमा कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । सोही कार्यक्रममा आयोगका माननीय आयुक्त डा. सावित्री थापा गुरुङज्यूले कोही पनि व्यक्ति सबै कुरामा जानकार नहुने हुनाले उनीहरुको कार्यसम्पादनमा यस्ता किसिमको तालिम अत्यन्तै उपयोगी हुने बताउँदै तालिममा सिकेका कुरा व्यवहारमा उतार्नुपर्ने भनाइ राख्नुभयो । कार्यक्रमको अन्त्यमा आयोगका माननीय प्रमुख आयुक्त नवीनकुमार घिमिरेज्यूले तालिममा सिकेका कुराहरु व्यवहारमा रुपान्तरणको आधारमा मात्र तालिमको प्रभावकारीता मापन गर्न सकिने बताउनु भयो । उहाँले परिवर्तित राज्य संरचनामा स्थानीय सरकार तथा प्रदेश सरकारहरुलाई संविधान तथा संघीय कानूनको परिधिमा रही नीति, ऐन, नियम, कार्यविधि आदि बनाउने अधिकार रहेकाले अबको अनुसन्धान गर्दा ती विषयवस्तुहरुलाई पनि गम्भिर रुपले अध्ययन गरी प्रतिवेदन तयार गर्नु पर्ने आवश्यकता रहेको कुरा बताउनु भयो ।

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16