बझाङ्ग, दार्चुला र बैतडीमा भ्रष्‍टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवर्धनात्मक रणनीति अन्तरगत आयोगको कार्यालय, कञ्‍चनपुरको आयोजनामा बझाङ्ग, दार्चुला र बैतडी जिल्लामा क्रमश: मिति २०७६।०७।२२, मिति २०७६।०७।२४ र मिति २०७६।०७।२५ गते "भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका" विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न भएको छ । माननीय आयुक्त डा. गणेशराज जोशीज्यूको अध्यक्षता सञ्‍चालित उक्त कार्यक्रम बझाङ्ग जिल्लास्थित जिल्ला समन्वय समितिको सभाहल, दार्चुला जिल्लास्थित महाकाली नगरपालिकाको सभाहल र बैतडी जिल्लास्थित दशरथचन्द नगरपालिकाको सभाहलमा आयोजना भएको थियो । जिल्ला समन्वय समितिका प्रमुखको प्रमुख आतिथ्यतामा सञ्‍चालन भएको उक्त कार्यक्रमहरुमा स्थानीय निकायका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी सहित जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु, सदरमुकामस्थित क्याम्पस/विद्यालयका प्राचार्य/प्रधानाध्यापकहरु तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सरकारी कार्यालयका लेखा तथा प्राविधिक शाखाका प्रमुखहरु, सामुदायिक वनका अध्यक्षहरु, सामुदायिक वन महासंघका पदाधिकारीहरु र संचारकर्मी लगायत अन्य सरोकारवालाहरु समेत गरी बझाङ्ग, दार्चुला र बैतडी  जिल्लामा क्रमश: ११५,१२२ र ११४ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।
आयोगको कार्यालय कञ्‍चनपुरका प्रमुख बाबुराम खतिवडाको स्वागत मन्तव्यसँगै सुरु भएको उक्त कार्यक्रममा आयोगका सहन्यायाधिवक्ता गोपाल प्रसाद रिजालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा सुशासनको पक्षमा एवम् भ्रष्‍टाचारको विरुद्धमा सवै सरोकारवालाहरुको सक्रिय तथा इमान्दार प्रतिवद्धता नै देशमा सुशासन स्थापनाको लागि आवश्यक रहेको कुरालाई जोड दिइएको थियो । कार्यपत्र प्रस्तुती पश्‍चात भएको छलफल कार्यक्रममा सहभागीहरुले सक्रियताका साथ आयोगमा परेको उजुरी फर्छौटमा आयोगले उल्लेख्य प्रगति हासिल गरेको भएता पनि भ्रष्टाचार नियन्त्रण भई दोषिलाई कारवाही भएको जनताले अनुभूत गर्ने गरी आयोगले काम गर्नुपर्ने, स्थानीय तहको भ्रष्‍टाचारलाई समयमा नै नियन्त्रण गर्नुपर्ने र अनुसन्धान पद्दतीलाई वैज्ञानिक विधिबाट छिटो छरितो र सरलीकृत रुपमा गर्नुपर्ने भन्‍ने लगायतका विषयमा सुझाव दिएका थिए भने कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारीहरुले मन्तव्य राख्दै भ्रष्‍टाचार विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउनु भएको थियो । कार्यक्रमको महत्वपूर्ण क्षणको रुपमा आयोगका माननीय आयुक्त डा. गणेशराज जोशीज्यूले जिज्ञासाहरुको सम्बोधन गर्दै मन्तव्यको क्रममा भ्रष्‍टाचार गर्ने कोही सानो वा ठुलो नहुने भन्दै कसुरदार देखिएका सबैलाई विना भेदभाव आयोगले कारवाहीको दायरामा ल्याएको प्रसंग औल्याउदै उहाँले आयोगको सम्पूर्ण टिम र कर्मचारीहरुले समेत बदनियतपूर्वक काम गरेमा सजायको भागेदार हुने धारणा व्यक्त गर्नुभयो । मन्तव्यकै क्रममा उहाँले कतिपय उजुरीहरु तथ्यहीन र गोलमटोल रुपमा प्राप्त  हुने हुदा आयोगलाई अनुसन्धान गर्न कठिनाई परिरहेकाले कहाँ कुन ठाउँमा को/कसले भ्रष्‍टाचार गर्यो भन्‍ने बारेमा तथ्यगत ढंगमा उजुरी दिन वा जानकारी दिन आग्रह गर्दै रंगेहात लगायत भ्रष्‍टाचारजन्य गम्भिर प्रकृतिका उजुरी/सूचना भए आयोगको हटलाईन १०७ मा सोझै फोन गरी टिपाउन समेत आग्रह गर्नुभयो । यसका साथै उहाँले आयोगको एकल प्रयासले मात्र भ्रष्‍टाचार नियन्त्रण गरी मुलुकमा सदाचार कायम गर्न कठिनाई हुने बताउँदै मुलुकमा सुशासन स्थापना हुनुमा सबै अख्तियार प्राप्त अधिकारीहरु, आम संचारजगत, सरकारी एवं गैर सरकारी संघ-संस्थाहरु, नागरिक समाज र सर्वसाधारणहरु समेत सम्पूर्ण सरोकारवालाहरुको सहकार्य हुन अपरिहार्य रहेको बताउदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

 


  

Other Events

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र कञ्चनपुरमा, “भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
2023/12/09
"भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन" विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न
2023/03/07
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/30
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/20
“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/10
अन्तर्किया कार्यक्रम सम्पन्न
2023/01/05
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरी, बर्दिवास, हेटौडा, पोखरा, बुटवल, बुटबल सम्पर्क कार्यालय, नेपालगञ्ज, सुर्खेत, र कञ्चनपुरमा, “भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस” (डिसेम्बर ९) सम्बन्धी अन्तर्क्रिया तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
2022/12/09
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी विद्यालयस्तरीय सामुदायिक शिक्षा अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/11/03
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल(सम्पर्क कार्यालय,नेपालगञ्ज) बाट बाँके “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/22
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।
2022/09/16