रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इन्जिनियर रामजी बाबु यादव घुस रकम सहित नियन्त्रणमा
विषय: घुस रकम सहित नियन्त्रणमा ।
-----------------------------------------------------
रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इन्जिनियर रामजी बाबु यादवले सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने (विद्युतको पोल, तार, ट्रान्सफर्मर) कार्यको प्राविधिक मूल्याङ्कन सहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास, महोत्तरीबाट खटिई गएको टोलीले निज इन्जिनियर रामजी बाबु यादवलाई सेवाग्राहीसँग रू.५०,०००।–(पचास हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा मलंगवा नगरपालिका वडा नं.१०, अशोका होटलबाट उक्त रकम सहित
मिति २०७६।०४।०२ गते रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
Tweet
Other Press Release
जिल्ला कपिलवस्तु, भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित नियन्त्रणमा ।
2024/05/06 |