मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी. घुस रकम सहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति :- मिति २०७६।०५।०४ गते ।
------------------------------------------
मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी.ले बैंक तथा बित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न आउनेब्यक्तिहरुसंग जग्गा रोक्का राख्न सहज गरिदिने भनि घुस रिसवत माग गर्ने गरेको भनिगोप्य सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी.बिच रु.३५,०००।– (अक्षरुपी पैतिस हजार) घुस रकम लिनेदिने कार्य मालपोत कार्यालय मनमैजुको पूर्व Brother Kitchen मा घुस रकमलिई कार्यालय परिसरमा जादै गरेको अवस्थामा मिति २०७६।०५।०३ गते नियन्त्रणमा लिई अनुसन्धान भईरहेको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet
Other Press Release
जिल्ला कपिलवस्तु, भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित नियन्त्रणमा ।
2024/05/06 |