महानगरीय प्रहरी वृत्त, थानकोटमा कार्यरत प्रहरी नायव निरीक्षक बिनोदमान राजभण्डारी उपर आरोप-पत्र दायर गरिएको ।


प्रेस विज्ञप्ति:- मिति २०७६।०६।०२ गते 
-----------------------------------------

नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक पदमा कार्यरत बिनोदमान राजभण्डारीले नक्कली शैक्षिक योग्यताका प्रमाणहरू पेश गरी सेवा प्रवेश गरी प्रहरी सेवामा कार्यरत रहेको हुँदा निजको शैक्षिक योग्यताका प्रमाणपत्रहरू उपर छानविन गरी दोषीलाई कारवाही गरीपाउँ भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज प्रहरी नायव निरीक्षक बिनोदमान राजभण्डारीले प्रहरी सहायक निरीक्षक पदमा सुरू नियुक्ति लिँदा सरकारी लाभ र सुविधा प्राप्त गर्ने उद्देश्यले माध्यमिक शिक्षा परिषद,उत्तर प्रदेश, भारतबाट प्राप्त इन्टरमिडियट तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदामा बहाल रही लाभ समेत लिएकोले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिन आएको हुँदा निज बिनोदमान राजभण्डारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदिपकुमार कोइराला

Download
  

Other Press Release

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09