जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, पाटन, बैतडीका निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेश राज भट्ट रू.२,००,०००/- रकमसहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति :- मिति २०७६।११।०७ गते ।
-----------------------------------------------
जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय, पाटन बैतडीका निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेश राज भट्टले चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजनाको कामको सम्झौता गर्न आलटाल तथा ढिलासुस्ती गरी हाल उक्त सम्झौता गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज इन्जिनियर सुरेश राज भट्टलाई घुस बापतको रकम रू.१,००,००/- लिइसकेको अबस्थामा र स्रोत नखुलेको रकम रू.१,००,०००/- गरी जम्मा रकम रू.२,००,०००/- (दुइ लाख) रकमसहित सहित निजकै कार्यालय स्थित निवासबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet
Other Press Release
जिल्ला कपिलवस्तु, भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित नियन्त्रणमा ।
2024/05/06 |