मालपोत कार्यालय लेखनाथ, कास्कीका नायब सुब्बा दिपक सुवेदी रू.३,०००/- रकमसहित नियन्त्रणमा


प्रेस विज्ञप्ति :- मिति २०७६।११।२१ गते । 
-------------------------------------------- 
मालपोत कार्यालय लेखनाथ, कास्कीका नायब सुब्बा दिपक सुवेदीले सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्नेकार्य सहजिकरण गरिदिने भनी विभिन्न बहानामा घुस रिसवत माग गरिरहेको भन्ने व्यहोराको उजुरी तथा प्राप्त सूचना उपर निगरानीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,  पोखराबाट खटिई गएको टोलीले निज दिपक सुवेदीलाई रू.३,०००/-(तीन हजार) रकम लिइसकेको अबस्थामा निजकै कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release