राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना र व्यवसायी अनिल कुमार झा रू.२,००,०००/- घुस/रिसवत रकम लेनदेन गरिरहेको अवस्थामा नियन्त्रणमा ।
प्रेस विज्ञप्ति:- मिति २०७७।०४।२० गते ।
---------------------------------------------
राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले गुड्खा/चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुस/रिसवत लेनदेन गर्ने गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिगएको टोलीले निज प्रमुख अनुसन्धान अधिकृत विजय राना र व्यवसायी अनिल कुमार झालाई रू.२,००,०००/- (दुई लाख) घुस/रिसवतबापतको रकम लेनदेन गरिरहेको अवस्थामा उक्त रकमसहित बुटवल उपमहानगरपालिका वडा नं. १३ बुद्धचोक, रुपन्देहीबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
तारानाथ अधिकारी
Download
Tweet
Other Press Release
जिल्ला कपिलवस्तु, भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवाका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित नियन्त्रणमा ।
2024/05/06 |