राजश्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख राजस्व अनुसन्धान अधिकृत विजय रानासमेत २ जना उपर बिगो रु. २,००,०००।- कायम गरी घुस/रिसवत लेन/देन गरी भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७७।०६।२५ गते ।
-------------------------------------------------

राजश्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले गुड्खा/चिनी व्यवसायी अनिल कुमार झाबाट मासिक रूपमा घुस/रिसवत लेनदेन गर्ने गरेको भन्ने  सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिगएको टोलीले निज प्रमुख अनुसन्धान अधिकृत विजय राना र व्यवसायी अनिल कुमार झालाई रू.२,००,०००/- (दुई लाख) घुस/रिसवतबापतको रकम लेनदेन गरिरहेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

राजश्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख राजस्व अनुसन्धान अधिकृत विजय रानाले श्री महालक्ष्मी सुगर्स प्रा.लि. कपिलवस्तु (हाल सर्लाही) मा कार्यरत रही हाल सोही कम्पनीको परिवारिक स्वामित्वको कम्पनी Wizard Fragrances Udyog Pvt. Ltd. कपिलवस्तुमा कार्यरत अनिल कुमार झाबाट VCTS (Vehicle & Consignment Tracking System), राजस्व लगायतका विभिन्न कामकाजमा सहजीकरण गरिदिएवापत रू.२,००,०००/- घुस/रिसवत लिई निजले चलाईराखेको बा.२ झ. १७६७ नम्बरको सरकारी प्लेटको टोयटा हाईलक्स गाडीमा लुकाई राखेको अवस्तामा बरामद हुन आएकोले उक्त रकम घुस/रिसवतवापत लिएको पुष्टि हुन आई आरोपीमध्येका विजय रानाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निजलाई बिगो रू.२,००,०००/- (दुई लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) र दफा ३ उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन र उक्त बरामदित रकमसमेत सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुनसमेत मागदाबी लिइएको छ ।

साथै श्री महालक्ष्मी सुगर्स प्रा.लि. कपिलवस्तु (हाल सर्लाही) मा कार्यरत रही हाल सोही कम्पनीको परिवारिक स्वामित्वको कम्पनी Wizard Fragrances Udyog Pvt. Ltd. कपिलवस्तुमा कार्यरत अनिल कुमार झाले विजय रानालाई प्रभावमा पारी आफू कार्यरत कम्पनीको तर्फबाट राजस्व अनुसन्धान कार्यालयबाट हुने गरेका कामकारवाहीमा प्रभाव पार्ने मनसायका साथ निजलाई प्रलोभनमा पार्नका लागि रू.२,००,०००/- घुस/रिसवतवापत दिएको पुष्टि हुन आई निज अनिल कुमार झाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (३) को कसुर गरेको स-प्रमाण पुष्टि भएकोले निजलाई बिगो रू.२,००,०००/- (दुई लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (३) मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ उपदफा (१) र दफा ३ उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनीउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/12
नेपाल चिया बिकास निगम लिमिटेड बिर्तामोड, झापाका तत्कालीन सिनियर एकाउन्टेन्ट संजय बिलोटियासमेत ४ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/10
जिल्ला महोत्तरी, जलेश्वर नगरपालिका नगर प्रमुख सुरेश साह सोनार, उप-प्रमुख रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/09