साविक नेपाल खाद्य संस्थान, मुख्य शाखा कार्यालय, लाहान, सिराहाका प्रमुख गंगा प्रसाद साहसमेत ४ जनाउपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७८।०६।०४ गते।
------------------------------------------
नेपाल खाद्य संस्थान शाखा लहानमा वि.सं. २०७५ सालमा नियम विपरीत ७० हजार क्विन्टल धान खरिद गर्दा कमिसन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरी उपर अनुसन्धान हुँदा साविक नेपाल खाद्य संस्थान, मुख्य शाखा कार्यालय, लहानका कर्मचारी र मिल संचालकसमेतको मिलोमतोमा बदनियतपूर्वक तरिकाले खरिद व्यबस्था निर्देशिका बिपरीत भुक्तानी दिई रु. ९७,०२,७८४।२८ हानिनोक्सानी पुर्‍याएको पुष्टि भएको र सो सम्बन्धमा देहायका ब्यक्तिहरुले देहायबमोजिम कसुर गरेको देखिएकोले निजहरुलाई देहायबमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
 
देहाय:
सि.नं. नामथर  कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
कार्यालय प्रमुख गंगा प्रसाद साह र तत्कालीन लेखा प्रमुख सुनिता कुमारी यादव खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा साविक नेपाल खाद्य संस्थान, मुख्य शाखा कार्यालय, लाहान, सिराहा रु. ९७,०२,७८४।२८ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्राबधान बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असुलउपर हुन मागदाबी लिइएको छ ।
संचालक अशोक कुमार अग्रवाल निलकमल सेलर मिल  रु. ७,५१,१४३।६० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही दफा बमोजिम उक्त बिगो जफत हुन मागदाबी लिइएको छ ।
संचालक लालु प्रसाद अग्रवाल   गिरधारी खाद्य उद्योग  रु. ५८,७५,६१२।१६ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपउफा (४) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र सोही दफा बमोजिम उक्त बिगो जफत हुन मागदाबी लिइएको छ ।

 

 
प्रवक्ता
नारायण प्रसाद रिसाल
 

Download
  

Other Press Release

जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
जिल्ला कालिकोट, महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, वडा अध्यक्षसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/25
सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22