भ्रष्टाचारको कसुरमा आयोगवाट सम्मानित विशेष अदालतमा आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका व्यक्तिहरु स्थानीय तहको निर्वाचन, २०७९ मा निर्वाचित भएको सम्वन्धमा कानुन अनुसार निलम्वनको व्यवस्था कार्यान्वयन गर्न गराउन सम्वन्धित निकाय समक्ष लेखी पठाइएको।


प्रेस विज्ञप्ति:- मिति २०७९।०२।३० गते ।
----------------------------------------------------

भ्रष्टाचारको कसुरमा विभिन्न मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सम्मानित विशेष अदालतमा आरोपपत्र दर्ता गरी मुद्दा विचाराधीन अवस्थामा रहेका व्यक्तिहरु मिति २०७९।०१।३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनवाट विभिन्न ओहोदामा निर्वाचित भएको देखिएको निम्न बमोजिमका पदाधिकारीका सम्वन्धमा कानुन अनुसार निलम्वनको व्यवस्था कार्यान्वयन गर्न गराउन आयोगको निर्णय बमोजिम देहायानुसार गर्ने गरी सम्वन्धित निकायमा लेखी पठाइएको छ।

देहाय:

वडा अध्यक्ष राम दुलार साह र वडा सदस्य उमेश रायको हकमा: जिल्ला सर्लाही, ईश्वरपुर नगरपालिका वडा नं. ११ का तत्कालीन वडा अध्यक्ष र वडा सदस्य हाल पुन: वडा अध्यक्ष पदमा निर्वाचित राम दुलार साह र वडा सदस्य उमेश राय उपर घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरुलाई बिगो रु. १,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिमको सजायको मागदाबी लिई आयोगबाट मिति २०७८।०९।१४ मा विशेष अदालतमा मुद्दा दायर भई उक्त मुद्दा विचाराधीन रहँदाकै सन्दर्भमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा कसुरको आरोप लागेको कुनै व्यक्ति/राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वत: निलम्बन रहने व्यवस्था अनुसार हाल  जिल्ला सर्लाही, ईश्‍वरपुर नगरपालिका वडा नं. ११ को वडा अध्यक्ष पदमा निर्वाचित राम दुलार साह र वडा सदस्य उमेश रायको हकमा निज बिरुद्दको मुद्दा अन्तिम किनारा नभएसम्म स्वत: निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहमा लेखी पठाइएको छ ।  

 

प्रवक्ता
श्याम प्रसाद भण्डारी 

Download
  

Other Press Release