नियन्त्रणमा लिइएको सम्बन्धमा।
प्रेस विज्ञप्ति:- मिति २०८२।०२।१३ गते।
----------------------------------------------------
मिति २०८२।०२।१२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंबाट टुरमुकाम जिल्ला धनुषा, जनकपुरमा खटिई गएको टोलीले मधेस प्रदेश सभा सदस्य सरोज कुमार सिंहसमेतले बिभिन्न उपभोक्ता समितिहरु गठन गरेको देखाई उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव बिनोद कुमार लाल कायस्थमार्फत झिकि झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको खातामा बैंक दाखिला गरी गर्न लगाई साथै निजको निजी सचिव बिनोद कुमार लाल कायस्थसमेतको खातामा रकम जम्मा गरी सरकारी रकम दुरुपयोग गरी गराई भ्रष्टाचार जन्य कार्य गरेको भन्ने समेत व्यहोराको उजुरीको आधारमा जिल्ला महोत्तरी, जलेश्वर-१० हाल जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका वडा नं. ९ सरस्वती टोल बस्ने बिष्णु देव लालको नाती बली भद्र लालको छोरा महोत्तरी निर्वाचन क्षेत्र ४ (ख) प्रदेश सभा सदस्य माननीय सरोज कुमार सिंहको स्वकीय सचिव बर्ष ६५ को बिनोद कुमार लाल कायस्थलाई मिति २०८२।०२।१२ गते अपरान्ह १:०० बजेको समयमा जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिकाबाट पक्राउ गरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
साथै, निज मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहको साथमा रहेको प्रयोग गरी आएको बिद्युतीय उपकरणसमेत कब्जामा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
Other Press Release
यातायात व्यवस्था कार्यालय, भरतपुर, चितवनका कार्यालय सहायक (पाँचौं) ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिइएको।
2025/06/13 |
नियन्त्रणमा लिइएको।
2025/06/12 |