खानेपानी तथा सरसफाई डिभिजन नं. ४, वागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रु.१६,००,०००।– नगद र १२,००,०००।–को चेकसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।०७।०२ गते ।
--------------------------

खानेपानी तथा सरसफाई डिभिजन नं. ४, वागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापाले खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर नवराज सत्याल र करार पलम्बर बखत बहादुर थापालाई सेवाग्राहीबाट रु.१६,००,०००।–(सोह्र लाख रुपैयाँ) नगद र १२,००,०००।– (बाह्र लाख रुपैयाँ) को चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित मन्थली १, स्थित इन्जिनियरको निवासबाट मिति २०७९।०७।०२ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता 
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release