सबैला नगरपालिका नगर कार्यपालिकाको कार्यालय, धनुषाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बालविर ठाकुर, सव-इन्जिनियर, निर्माण सेवाका प्रोप्राइटरसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०९।२६ गते ।
----------------------------------------------------

जिल्ला धनुषा सबैला नगरपालिका वडा नं. ५ मा आ.व. २०७७।०७८ मा संचालन भएको योजनाहरूमध्ये सबैला नगरपालिका वडा नं. 5 स्थित मखन टोलमा विनोद यादवको घरदेखि रितलाल यादवको घर हुँदै भुल्ला कापरको घरसम्म माटो तथा ग्राभेल कार्यमा नभएको कामको बिल भरपाई पेस गरी रकम अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा जिल्ला धनुषा सबैला नगरपालिकाको आ.व. २०७७।०७८ मा संचालन भएको सबैला नगरपालिका वडा नं. ५ स्थित मखन टोलमा विनोद यादवको घरदेखि रितलाल यादवको घर हुँदै भुल्ला कापरको घरसम्म माटो तथा ग्राभेल कार्यको योजनामा फिल्डमा कम परिमाणको कामलाई बढी काम भएको नापी किताब तयार गरी मूल्याङ्कन गरेको तथा ठेक्का बिल र कार्य सम्पन्न प्रतिवेदनसमेत गलत लिखत तयार गरी भुक्तानीका लागि सिफारिस गरेको, लागत अनुमानको परिमाणमा कार्य सम्पन्न गर्नुपर्नेमा ठेकेदारले सो गर्न नसकेको, योजनाको भुक्तानीको सिफारिस गर्दा कम परिमाणको कार्यलाई प्राविधिक मापदण्ड अनुसार सम्पन्न भएको भनी वडा अध्यक्षले भुक्तानी सिफारिस गरी सरकारी रकम हिनामिना गर्ने कार्यमा भूमिका खेलेको, कम लागत अनुमानका टुक्रे योजना बनाई कार्यान्वयनमा लापरवाही गर्ने तथा फिल्डमा गरेका कार्यभन्दा बढी मूल्याङ्कन गराउने कसुर गरी भ्रष्टाचारजन्य काम गरेको हुन आएकोले उक्त भ्रष्टाचार कसूरमा संलग्न देहायबमोजिमका पदाधिकारीहरू र कर्मचारीहरूलाई देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 36 बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । क्रमश..

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

प्रवक्ता
श्याम प्रसाद भण्डारी

 

 

Download Download
  

Other Press Release

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन सहायक निर्देशक रमेश पोख्रेलसमेत ५ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/19
मधेश प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका (प्रदेश अर्थ मन्त्रालय, जनकपुरधाम) तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत कुमार थापा, उप-प्रमुख लीला कुमारी मुक्तानसमेत ८ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी/दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/18
सूचना तथा सञ्चार मन्त्रालयका तत्कालीन मन्त्री एवं हाल प्रतिनिधि सभाका सांसद मोहन बहादुर बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर बिगो रु.३,२१,८३,७७,१८२।– कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/15
जिल्ला कालिकोट, पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष लक्ष्मण बहादुर बम, उपाध्यक्ष दाना न्यौपानेसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/14
डाक्नेश्वरी नगरपालिका, सप्तरीका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसमेत ८ जना र जि.एस. निर्माण सेवा उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/05/14
खैरहनी माध्यमिक विद्यालय, चितवनमा मा.वि. द्वितीय तहमा कार्यरत शिक्षक गोपाल प्रसाद शर्मा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/05/14