डाक्नेश्वरी नगरपालिका, सप्तरीका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसमेत ८ जना र जि.एस. निर्माण सेवा उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०१।३१ गते।
------------------------------------------

जिल्ला सप्तरी, डाक्नेश्वरी नगरपालिका कार्यालयले नगरपालिकाको सम्पूर्ण वडामा विजुलीको पोलमा उच्चस्तरीय पोल लार्इट जडान कार्यको लागि नगरपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ मा बजेट विनियोजन भई सो जडान कार्यको लागि ठेक्का दिएकोमा कमसल किसिमको स्टेट लाइट खरिद तथा जडान गरी फर्जी बिल भरपाई बनाई नगरपालिकामा पेश गरी विनियोजित पूरै रकम असार मसान्तमा  नै भुक्तानी लिई दिई हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा डाक्नेश्वरी नगरपालिकाले आ.ब. २०७८/०७९ मा नगरका सम्पूर्ण वडाहरूमा १४८ थान Led Street Light जडान सम्वन्धी रु.४८,२४,८७४।– कबोल अंक भएको खरिद प्रक्रियामा प्रचलित सार्वजनिक खरिद ऐन, नियम र कार्यविधि विपरीत ठेकेदारसँगको बदनियतपूर्ण मिलेमतोमा आफूहरुलाई गैरकानूनी लाभ र डाक्नेश्वरी नगरपालिकालाई गैरकानूनी हानि पुर्‍याउने बदनियतले लागत अनुमान तथा कार्य सम्पन्न प्रतिवेदन बमोजिम फिल्डमा नभए नगरेका कामहरूको समेत मूल्याङ्‍कन गरी गराई गलत कार्य सम्पन्न प्रतिवेदन तयार गरी रू.३,९२,२००।–  निर्माण ब्यवसायीलाई भुक्तानी भएको र Supply and delivery of Led Street Light per Technical Specification को लागत अनुमान तयार गर्दा पुष्ट्याईको आधार तथा बिना नम्स अस्वभाविक मूल्य राखी लागत अनुमान तयार गरेको र बजार मूल्यभन्दा बढी मूल्य राखी भुक्तानी भएको रू.२१,१२,३३०।- समेत गरी जम्मा रू.२५,०४,५३०।- सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको पुष्टि भएको हुँदा सो कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको कसूरमा सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ। क्रमश...

(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)


प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

जिल्ला अछाम, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउदसमेत ४ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/03/19
जिल्ला रूकुम (पश्चिम), चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादीसमेत २ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/03/17
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोपपत्र दायर।
2026/03/15
जिल्ला तनहुँ, देवघाट गाउँपालिकामा तत्कालीन सामाजिक परिचालक, सरसफाई सुपरीवेक्षक र उत्प्रेरक संयोजक पदमा कार्यरत होम बहादुर भारती उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/12
जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठउपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/03/10
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ११ जना उपर सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26