जिल्ला रुपन्देही, सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेन रु. २०,०००।– घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।११।२१ गते ।
----------------------------------------------------

सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनले सेवाग्राहीसँग टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई सेवाग्राहीबाट रु. २०,०००।- (बीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही, गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाट मिति २०७९।११।२१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।  

 प्रवक्ता
भोला दाहाल

Download Download