ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवार घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१२।३० गते ।
----------------------------------------------------
ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारले जबरजस्तीकरणी सम्बन्धी जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारलाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मिर्चैया नगरपालिका ५, थानाचोकबाट आज मिति २०७९/१२/३० गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release