Online
Complaint

मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराईसमेत ४ जना उपर गलत लिखत तयार गरी ऐलानी जग्गामा बनेको घर राजीनामा पास गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०१।१९ गते ।
----------------------------------------------------

जिल्ला पर्सा अलौ गा.वि.स. वडा नं. ५ कि.नं. ९२ को सार्वजनिक जग्गा व्यक्तिको नाममा श्रेस्ता तयार गरी विक्रीसमेत गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदम प्रसाद अर्याल र तत्कालीन नायव सुब्बा लेखनाथ भट्टराईले जिल्ला पर्सा साविक अलौ गा.वि.स. वडा नं. ५ कि.नं. ९२ को ऐलानी/सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिई ऐलानी/सार्वजनिक जग्गा कानून विपरित भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यबाट नेपाल सरकारलाई हानी पुर्‍याएको पुष्टि भएको हुँदा निज पदम प्रसाद अर्याल र लेखनाथ भट्टराईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही दफा ९ बमोजिम कैद र जरिवाना साथै  जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नं. २ बस्ने ज्याउल हक र एसानुल हक राकीले जिल्ला पर्सा साविक अलौ गा.वि.स. वडा नं. ५ कि.नं. ९२ को ऐलानी/सार्वजनिक जग्गामा बनेको घर स्वामित्व खुल्ने कागजात वेगर राजीनामा लिखत पारित गर्ने कार्यमा प्रतिवादी पदम प्रसाद अर्याल र लेखनाथ भट्टराईलाई सहयोग गरी आफूहरुले ऐलानी/सार्वजनिक जग्गा अनाधिकृतरुपमा भोगचलन गर्ने मनसायले राजीनामा लिखत पारित गराई लिएको तर घरमात्र राजीनामा लिखत पारित गर्ने कुनै कानूनी व्यवस्था नरहेकोमा कानून विपरित भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा राष्ट्रसेवकलाई सहयोग गरी आफूहरुले फाईदा लिई नेपाल सरकारलाई हानी पुर्‍याएको पुष्टि भएको हुँदा निजहरु ज्याउल हक र एसानुल हक राकीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ वमोजिम गलत लिखत तयार गर्ने कसुरको मतियारको रुपमा कार्य गरेकोसमेतका आधारमा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम कसुर गर्ने व्यक्तिसरह नै सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।     

प्रवक्ता
    भोला दाहाल

 

Download Download
  

Other Press Release

गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका पूर्व बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादव उपर रु.४,४७,३४,२१२।२६ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/30
जुम्ला जिल्ला, तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर वास्तविक रुपमा भएको कार्य भन्दा बढी कार्य गरेको भनी गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/28
जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/26
बर्जु गाउँपालिका, सुनसरीका इन्जिनियर अजय कुमार मेहता उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/24
जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, वीरेन्द्र प्रसाद साह कानु, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जना उपर झुट्टा बिल भरपाई तथा गलत प्रतिवेदन तयार गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/17
सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/17
मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय, सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्र उपर बिगो रु. ७२,५२,४८०।५९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/11