यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसमेत ४ जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०२।१६ गते।
------------------------------------------

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा ०१-०८-००८३६६८७ सभ्यता के.सी.को मा B add हुनपर्नेमा ०१-०८-०१०३१२६२ अर्कैको नामलाई परिवर्तन गरेर रकम लिई लाइसेन्स दिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीबाट मिति २०७८।१२।०७ (21-Mar-2022) मा अर्कै व्यक्ति (Applicant ID 8401685) को नाममा जारी भएको Category B- Car, Jeep, Delivery Van को सावरी चालक अनुमतिपत्रको विवरण परिवर्तन गरी सोही Applicant ID र लाइसेन्स नम्बर हुने गरी लिखित र ट्रायल परीक्षामा सामेल नै नभएका प्रतिवादी सभ्यता के.सी.को नामको विवरणहरु EDLVRS प्रणालीमा परिवर्तन (edit) गरी अद्यावधिक गरी गराई बदनियत राखी कलुसित मनसायका साथ अर्कै व्यक्तिको नामको सक्कल सवारी चालक अनुमतिपत्रका विवरणहरु प्रतिवादी सभ्यता के.सी. भन्ने व्यक्तिको सवारी चालक अनुमतिपत्रमा विवरण उल्लेख गरी गराई सावरी चालक अनुमतिपत्र जारी गरे गराएको, यातायात व्यवस्था बिभाग, मीनभवन, काठमाडौंको पत्र अनुसार प्रत्येक व्यक्तिको Applicant ID Unique हुने गरेको र Database बाट एक चोटी कसैको बिबरणको नाममा उत्पत्ति भएको Applicant ID अन्य कुनै व्यक्तिको नाममा उत्पत्ति हुदैन भन्नेसमेत व्यहोरा उल्लेख भएको आधारमा प्रतिवादीहरुले यातायात व्यवस्था बिभागमा रहेको EDLVRS प्रणालीमा Applicant Id 8401685 बाट जारी भएको अर्कै व्यक्तिको नामको Category B को सवारी चालक अनुमतिपत्र ०१-०८-०१०३१२६२ मा प्रतिवादीहरुले आपसी मिलोमतो तथा योजनामा बदनियत राखी गैरकानूनी तरिकाले सच्चाई प्रतिवादी सभ्यता के.सी.को विवरण प्रविष्ट गरी गराई सवारी चालक अनुमतिपत्रको गलत लिखत तयार गरी जारी गरे गराएको तथ्य स्थापित भएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिइएको छ।
जिल्ला रुपन्देही, तिलोत्तमा नगरपालिका वडा नं. ४ बस्ने सभ्यता के.सी.ले  Category B को सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि प्रचलित यातायात व्यवस्था ऐन तथा नियमावली बमोजिमको प्रक्रियामा भाग नलिई अर्कौ व्यक्तिको Applicant ID  वदनियत साथ दुरुपयोग गरी उल्लेखित प्रतिवादीहरुसँगको मिलोमतो तथा योजनामा यातायात व्यवस्था विभागको प्रणालिमा रहेको उक्त सरकारी सार्वजनिक अभिलेख गैरकानूनी तरिकाले सच्याउन लगाई सवारी चालक अनुमतिपत्रको गलत लिखत तयार गरी गराई निजले सवारी चालक अनुमतिपत्र प्राप्त गरी प्रयोग प्रचलनमा समेत ल्याएको देखिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसूरजन्य कार्यको गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक बाक्यांशमा परिभाषित भएबमोजिमको कसूर भएको हुँदा मुख्य कसुरदारलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र  दफा ११ बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम निजलाई मुख्य कसूरदारसरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ।


सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

चक्रघट्टा गाउँपालिका सर्लाहीका तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसमेत १० जना र स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के.स्टोर्स, जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/12
काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल महानिर्देशक, सूचना तथा प्रसारण बिभाग) प्रदीप परियारसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/11
डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक तथा हाल मधेश प्रदेशका प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार ठाकुर, जिल्ला धनुषा, औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादवसमेत १७ उपर सार्वजनिक सम्पत्ति हिनामिना हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
2025/06/10
जिल्ला जाजरकोट, भेरी नगरपालिका वडा नं. १० रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाही उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/10