Online
Complaint

मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय, सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्र उपर बिगो रु. ७२,५२,४८०।५९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०१।२८ गते ।
----------------------------------------------------

मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले पदमा बहाल रहँदा गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत नमिल्दो उच्च जीवनस्तर यापन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज सहायक वन अधिकृत विष्णुकान्त मिश्र सेवा प्रवेश गरेको मिति २०३६।११।१० देखि मिति २०७०।०८।१६ सम्मको अवधिमा निज विष्णु कान्त मिश्रको जम्मा आय आर्जन रु. ९६,६८,०५७।७९ मा निजले गरेको जम्मा खर्च तथा लगानी (व्यय) रु.१,६९,२०,५३८।३८ घटाउँदा हुन आउने रु.७२,५२,४८०।५९  (बहत्तर लाख बाउन्न हजार चार सय असी रूपैयाँ र उनन्साठी पैसा) बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा निज विष्णु कान्त मिश्रले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा निजले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज विष्णु कान्त मिश्रलाई बिगो रु.७२,५२,४८०।५९ (बहत्तर लाख बाउन्न हजार चार सय असी रूपैयाँ र उनन्साठी पैसा) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२), प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको जरिवाना र कैद हुनका साथै साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ को उपदफा (१) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति रु.७२,५२,४८०।५९ जफतको लागि निज विष्णु कान्त मिश्रको नाममा रहेको जग्गा तथा निज प्रतिवादी विष्णुकान्त मिश्रले राष्ट्रसेवकको पदमा कार्यरत रहेको अवधिमा निजकी श्रीमती हिरादेवीको नाममा जग्गा किनी सो जग्गामा घरसमेत बनाएको देखिँदा निज र निजकी श्रीमती हिरादेवीको नाममा रहेको घर तथा जग्गाबाट स्रोत नखुलेको रकम रु.७२,५२,४८०।५९ जफत हुन मागदावी लिने एवं निज विष्णु कान्त मिश्रले खरिद गरी निजकी श्रीमती हिरा देवीको नाममा राखेको जग्गा र सो जग्गामा बनेको घरसमेतबाट जफत गर्ने प्रयोजनको लागि मात्र निज हिरा देवीलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।


प्रवक्ता
    भोला दाहाल

Download Download
  

Other Press Release

गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जका पूर्व बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादव उपर रु.४,४७,३४,२१२।२६ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/30
जुम्ला जिल्ला, तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्की, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना उपर वास्तविक रुपमा भएको कार्य भन्दा बढी कार्य गरेको भनी गैरकानूनी लाभ हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/28
जिल्ला धनुषा, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/26
बर्जु गाउँपालिका, सुनसरीका इन्जिनियर अजय कुमार मेहता उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/24
जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, वीरेन्द्र प्रसाद साह कानु, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जना उपर झुट्टा बिल भरपाई तथा गलत प्रतिवेदन तयार गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/17
सिम्रौनगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी एवं राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/17
मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय, सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्र उपर बिगो रु. ७२,५२,४८०।५९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2023/05/11