जलस्रोत तथा सिंचाई बिभागका तत्कालीन महानिर्देशक (अवकाश प्राप्त सु.ई.) मधुकर प्रसाद राजभण्डारी उपर रु.३,५६,७७,३४६।१७ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०३।०४ गते ।
----------------------------------------------------
जलस्रोत तथा सिंचाई बिभागका तत्कालीन महानिर्देशक (अवकाश प्राप्त सु.ई.) मधुकर प्रसाद राजभण्डारीले महानिर्देशकका रुपमा सरकारी पदमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज मधुकर प्रसाद राजभण्डारीले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५१/११/३० देखि मिति २०७९/०५/३१ गतेसम्मको अनुसन्धान जाँच अवधिमा निजको वैधानिक आय पारिश्रमिक बचत आय, निजको श्रीमतीको पारिश्रमिक बचत आय, श्रीमतीको उपदान, दैनिक भ्रमण तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त आय, शेयर बिक्रीबाट प्राप्त आय, कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका ऋण/कर्जा आय, घर बहाल (घर भाडा) वापत प्राप्त वैधानिक आय, बैदेशिक भ्रमण आय, निवृत्तिभरण आय, कृषि आय, बिप्रेषण आय, शेयर लाभांश आयसमेत गरी जम्मा रु. ३,८५,५१,७४०।४८ (तीन करोड पचासी लाख एकाउन्न हजार सात सय चालीस रुपैया अड्चालीस पैसा)  निजको वैधानिक आय स्रोत खुल्न आएको देखिन्छ भने सोही जाँच अवधिमा निजको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा जग्गा खरिद, घर निर्माण खर्च, शेयर खरिदमा भएको खर्च, कर्जा/ऋणको साँवा व्याज तिरेको रकम, जीवन बीमा प्रिमियम भुक्तानीमा भएको खर्च, अध्ययन खर्च, कम्पनी लगानीमा भएको खर्च, सवारी साधन खरिदमा भएको खर्च र बैंक मौज्दात रकमसमेत गरी जम्मा रु. ७,४२,२९,०८६।६५ (सात करोड बयालीस लाख उनान्तीस हजार छयासी रुपैयाँ पैसठ्ठी पैसा) खर्च तथा लगानी गरेको देखिंदा निजको कुल वैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा रु.३,५६,७७,३४६।१७ (तीन करोड छपन्न लाख सतहत्तर हजार तीन सय छयालीस रुपैया सत्र पैसा) को वैधानिक स्रोत पुष्टि हुन नसकेकोले प्रचलित कानून बमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा निज मधुकर प्रसाद राजभण्डारीले सार्वजनिक पदको दुरुपयोग गरी रु.३,५६,७७,३४६।१७ बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेकोले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा रु.३,५६,७७,३४६।१७ (तीन करोड छपन्न लाख सतहत्तर हजार तीन सय छयालीस रुपैया सत्र पैसा) विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएवमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय हुन तथा निज मधुकर प्रसाद राजभण्डारीले जाँच अवधिमा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति निज तथा निजको श्रीमतीको नाममा हाल कायम रहेको स्रोत नखुलेको सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा १६ (ग), दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ।

यसैगरी निज मधुकर प्रसाद राजभण्डारीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति निजले श्रीमती दिपा श्रेष्ठको नाममा खरिद गरिएको जग्गा, घर निर्माण, कम्पनी लगानी, विमा प्रिमियम भुक्तानी लगायतमा गरिएको खर्च वरावरको भागको स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढेबढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ (ख) बमोजिम दिपा श्रेष्ठलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 


सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

 

Download Download
  

Other Press Release

जिल्ला पर्सा, वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसमेत ७ जना उपर गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/08
जिल्ला नवलपरासी (ब.सु.पू.), त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थायी वतन भएका ईश्वरी प्रसाद गौतम उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/02
जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/27
जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. ७ स्थायी वतन भएका विप्लव पोख्रेलसमेत ३ जना उपर घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/26
मणिसंगम माध्यमिक बिद्यालय विनयी त्रिवेणी गाउँपालिका-२, नवलपरासी (ब.सु.पूर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत कृष्णबहादुर खन्गाहा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/25
जिल्ला जुम्ला, पातारासी गाउँपालिका, वडा नं. १ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपाने उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/05/22
जिल्ला स्याङ्जा, फेदीखोला गाउँपालिका वडा नं. ३ स्थायी वतन भएका दिपक थापाले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण कसुरको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/05/19