प्रहरी प्रभाग बुढानिलकण्ठ, काठमाडौंमा कार्यरत प्रहरी बरिष्ठ हबल्दार बिष्णु सिंह घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।१० गते ।
----------------------------------------------------

प्रहरी प्रभाग बुढानिलकण्ठ, काठमाडौंमा कार्यरत प्रहरी बरिष्ठ हबल्दार बिष्णु सिंहले खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज प्रहरी बरिष्ठ हबल्दार बिष्णु सिंहलाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको नगद रु. ६२,५१५।– (बइसठ्ठी हजार पाँच सय पन्ध्र रुपैयाँ) सहित जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट मिति २०८०।०४।१० गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

 
प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release