जिल्ला धनुषा, शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरी र निजको साथी गुरुदेव यादव घुस रकम रु.१,००,०००।–र रु.१,७५,०००।– को चेकसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८०।०४।२८ गते ।
----------------------------------------------------
जिल्ला धनुषा, शहिदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरीले वाल निर्माण कार्य सम्पन्न पश्चात सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज इन्जिनियर रमेश कुमार चौधरी र निजको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट रु.१,००,०००।– (एक लाख रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकम र रु.१,७५,०००।–(एक लाख पचहत्तर हजार रुपैयाँ) को चेकसहित जिल्ला धनुषा, शहिदनगर नगरपालिका वडा नं. ३ स्थित पशु सेवा केन्द्रको भवनबाट मिति २०८०।०४।२८ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
भोला दाहाल

Download Download
  

Other Press Release