जिल्ला सिरहा, नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दिपरन्जन यादव घुस रकमसहित नियन्त्रणमा ।


प्रेस विज्ञप्ति:- मिति २०८०।०५।०६ गते ।
----------------------------------------------------

जिल्ला सिरहा, नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दिपरन्जन यादवले जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज अमिन दिपरन्जन यादवलाई सेवाग्राहीबाट रु.१०,०००।– (दश हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित नापी कार्यालय लहान, सिरहाबाट आज मिति २०८०।०५।०६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रवक्ता 
भोला दाहाल

Download Download
  

Other Press Release