नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिका प्रसाद नेपालसमेत ७ जना उपर सरकारी कागजात हेरफेर एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०५।१० गते।
------------------------------------------

मालपोत कार्यालय, ललितपुरका कर्मचारीसँग सेटिङ गरी टिकाथली गा.वि.स. वडा नं. ६ को कित्ता नं. १६९९ र १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल टायल चेक गरी बढी कायम गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नापी  कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र सर्भेक्षक लोकेन्द्र सिंह धामीले जिल्ला ललितपुर, साविक टिकाथली गा.वि.स. वडा नं. ६, कित्ता नं. १६९९ र कित्ता नं. १७०१ को कित्ताकाट गरी विभिन्न कित्ताहरु कायम गर्ने क्रममा नक्सामा भू-उपयोग नियमावली, २०७९ मा उल्लिखित कित्ताकाटको लागि तोकिएको न्यूनतम मापदण्ड भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाइने कानुनी व्यवस्था विपरीत उक्त नियमावलीले तोकेको क्षेत्रफलभन्दा कम क्षेत्रफलका कित्ताहरु कित्ताकाट गरी सो तथ्यलाई ढाकछोप गर्ने उद्देश्यले नक्सा र फिल्डमा नभए तापनि कित्ता नं. १६९९ र कित्ता नं. १७०१ मा टायल चेकबाट बढ कायम गरी टायल चेक गरी बढाएको क्षेत्रफल र नेपाल सरकारको नाममा कायम बाटोको कित्ता नं. २९४४ को नक्सा र फिल्डमा भएको क्षेत्रफलभन्दा कम क्षेत्रफल कायम गरी प्लटरजिष्टर र स्रेस्तामा जनाई उक्त जग्गासमेत व्यक्ति विशेषको नाममा कायम भएको कित्ताहरुमा समावेश गरी नक्सामा भन्दा प्लटरजिष्टर र राजीनामा लिखतमा बढी क्षेत्रफल उल्लेख गरी कित्ताकाट गरेको देखिँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सरकारी कागजात गैरकानूनी तरिकाले हेरफेर गरेको कसुरमा ऐ. ऐनको दफा ११ बमोजिमको कैद र जरिवानाको मागदाबी लिइएको छ। 

मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिका प्रसाद नेपाल, नायव सुब्बा मनोज पोख्रेल र खरिदार युवराज कटुवालले जिल्ला ललितपुर, साविक टिकाथली गा.वि.स. वडा नं. ६, कित्ता नं. १६९९ र कित्ता नं. १७०१ मा नक्सा र फिल्डमा नभएको क्षेत्रफल टायल चेकबाट बढ कायम गरी एवं साविकको कित्ता नं. १६९९ बाट कित्ताकाट भई कायम कित्ता नं. २९४४ को कित्ताकाट डायरी (नक्सा) मा भएको क्षेत्रफलको जग्गालाई कित्ताकाट स्रेस्ता (प्लट रजिष्टर) र राजिनामा लिखतमा कम क्षेत्रफल बनाई भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरमा लिखत पारितको लागि पठाएकोमा उक्त लिखत पारित गर्दा अपनाउनुपर्ने कानूनी व्यवस्थान नपनाई कानून विपरीत अन्देखा गरी निर्देशिकासमेतले तोकेको कार्यविधि अनुसार कागजात एवं फिल्ड निरीक्षण चेकजाँच नगरी नापी कार्यालयबाट पेश भएबमोजिम लिखतहरु पारित गरेको देखिँदा निजहरुउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम गलत लिखत तयार गरेको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कैद र जरिवानाको मागदाबी लिइएको छ।

राउसाई होल्डिङ्गस् प्रा.लि., ललितपुर महानगरपालिका वडा नं. २, सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोज बहादुर श्रेष्ठले जिल्ला ललितपुर, साविक टिकाथली गा.वि.स. वडा नं. ६, कित्ता नं. १६९९ र कित्ता नं. १७०१ को कित्ताकाट गरी विभिन्न व्यक्तिहरुलाई बेच्ने क्रममा नापी कार्यालय र भूमिसधार तथा मालपोत कार्यालय, ललितपुरका कर्मचारीहरुलाई प्रभावमा पारी कागजातहरु हेरफेर एवं गलत लिखत तयार गर्ने कसुर अपराधमा मतियारको भूमिकासमेत गरेको देखिँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको सरकारी कागजात हेरफेर गर्ने कसुरको र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको गलत लिखत तयार गर्ने कसुरको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेको देखिएकोले निजहरुलाई ऐ. ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
भोला दाहाल

Download Download
  

Other Press Release

यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोक बहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सह-सचिव) उमेश ढुङ्गानासमेत ३२ जना उपर गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ११ जना उपर सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ३३ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
सर्लाही जिल्ला स्थित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापासमेत १३ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/11
गोदावरी नगरपालिका, ललितपुरका करार इन्जिनियर पदमा कार्यरत सुबास बिष्ट उपर बिगो रू. १,९७,१०,१५७/६३ कायम गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/10
जिल्ला नवलपरासी (ब.सु.प.), महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/09