जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष एवं वडा सदस्य दिलावर कवडिया उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०५।१२ गते।
------------------------------------------

जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का कार्यवाहक वडा अध्यक्ष दिलावर कवडियाले अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले निज कार्यवाहक वडा अध्यक्ष दिलावर कवडियालाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष एवं वडा सदस्य दिलावर कवडियाले पशु फर्म निर्माण कार्य सम्पन्न भएपछि अनुदान रकम प्राप्त गर्नको लागि वडा कार्यालयबाट सिफारिस गरिदिएवापत सेवाग्राहीसँग रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस/रिसवत माग गरी लिएको हुँदा निज दिलावर कवडियालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो रु.९,०००।- (नौ हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजाय समेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
भोला दाहाल

 

Download Download
  

Other Press Release

सर्लाही जिल्ला स्थित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापासमेत १३ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/11
गोदावरी नगरपालिका, ललितपुरका करार इन्जिनियर पदमा कार्यरत सुबास बिष्ट उपर बिगो रू. १,९७,१०,१५७/६३ कायम गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/10
जिल्ला नवलपरासी (ब.सु.प.), महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/09
यातायात व्यवस्था कार्यालय, जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटासमेत ६ जना उपर सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/08
यातायात व्यवस्था कार्यालय, जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटासमेत ३ जना उपर सरकारी कागजात सच्याएको तथा परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/08
जिल्ला भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं. ४ बस्ने तेज बहादुर तामाङ र सानुकान्छा तामाङ उपर बिगो रू.२४,५०,०००।– कायम गरी घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/05
जिल्ला हुम्ला, ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/04