जिल्ला बर्दिया, राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक बिद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय घुस रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८०।०५।२६ गते ।
----------------------------------------------------
जिल्ला बर्दिया, राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक बिद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई सेवाग्राहीबाट रु.१४,५००।– (चौध हजार पाँच सय रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित राजापुर नगरपालिका वडा नं. ४ स्थित सरस्वती भवन नजिकबाट आज मिति २०८०।०५।२६ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
भोला दाहाल
Other Press Release
जिल्ला बाँके, मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसमेत ३ जना घुस रकमसहित नियन्त्रणमा।
2025/05/24 |