जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विजया लक्ष्मी पन्त घुस रकमसहित नियन्त्रणमा ।
प्रेस विज्ञप्ति:- मिति २०८०।०६।१५ गते ।
----------------------------------------------------
जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विजया लक्ष्मी पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाण-पत्र दिने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटि गएको टोलीले निज बिजया लक्ष्मी पन्तलाई सेवाग्राहीबाट रु. २५,०००।– (पच्चीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित चन्द्रागिरी नगरपालिका वडा नं. ११ स्थित सतुङ्गलबाट आज मिति २०८०।०६।१५ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
भोला दाहाल
Tweet
Other Press Release
ईलाका प्रहरी कार्यालय मैनापोखर, बर्दियामा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउद घुस रकमसहित नियन्त्रणमा।
2023/11/28 |