भ्रष्‍टाचार विरुद्धको अन्तर्राष्‍ट्रिय दिवस कार्यक्रम सम्पन्न।


प्रेस विज्ञप्ति:- मिति २०८०।०८।२३ गते।
------------------------------------------

अख्तियार दुरूपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा  ‘UNCAC at 20: Uniting the World Against Corruption’ भन्ने मूल सन्देशका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९) विभिन्न कार्यक्रम गरी मनाइयो।आज मिति २०८०/०८/२३ को कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक माननीय प्रमुख आयुक्त किशोर कुमार सिलवालको अध्यक्षतामा आयोगको सभाहलमा सम्पन्न भयो। उक्त कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ रहनु भएको थियो भने  संवैधानिक निकायका प्रमुखहरु, आयोगका आयुक्तहरु, नेपाल राष्ट्र बैंकका गर्भनर, नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, संघसस्थाका प्रतिनिधिहरु र  सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । क्रमश...

(नोटः थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download