नेपाल वायुसेवा निगमका विमान चालक सम्राट बहादुर शाह उपर शैक्षिक योग्यताको नक्कली (झुट्टा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।१९ गते।
------------------------------------------
 
नेपाल वायुसेवा निगममा मिति २०७१।११।१० देखि Jr. Captain पदमा नियुक्ति भई आठौं तहको विमान चालक (CAPTAIN) पदमा बढुवा भई कार्यरत सो निगमका विमान चालक सम्राट बहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज सम्राट बहादुर शाहले भारतको Secondary Education Council, Utter Pradesh अन्तर्गत V S J INTER COLLEGE SARAHARI GORAKHPUR बाट Intermediate Examination, 2003 (प्राइभेट परीक्षा) प्रथम श्रेणीमा उत्तीर्ण सहितको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज सम्राट बहादुर शाहलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download