डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दशौ तह) दीर्घ नारायण कोईराला उपर रु.१,२५,९६,३५३।५५ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।२३ गते।
------------------------------------------
 
डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दशौ तह) दीर्घ नारायण कोईरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज दीर्घ नारायण कोईरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६।०२।०२ देखि मिति२०७८।११।१२ सम्मको समग्र आय (आम्दानी) तथा व्यय (खर्च तथा लगानी) को बिश्लेषण गर्दा निजको पारिश्रमिक बचत, भत्ता बचत रकम, घर जग्गा बिक्री, जिवन बिमा परिपक्क भई प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, शेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र निजको छोरीको वचत रकमसमेत गरी जम्मा रु.८१,८६,९९६।३१ (एकासी लाख छयासी हजार नौ सय छयानब्बे रूपैंया एकतीस पैसा) आय आर्जन गरेको, सोही जाँच अवधिमा निजको व्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, शेयर खरिद तथा लगानी, ग्यास स्टोरमा गरेको लगानी रकम, सामाजिक ब्यवहार खर्च, विद्युतीय उपकरण खरिदबापतको रकम र बैंक मौज्दातसमेत गरी जम्मा रु.२,०७,८३,३४९।८५ (दुई करोड सात लाख त्रियासी हजार तीन सय उनान्पचास रुपैंया पचासी पैसा) खर्च तथा लगानी गरेको देखिँदा निजको वैध आय रू.८१,८६,९९६।३१ को अनुपातमा सोही अवधिमा निजले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानी रु.२,०७,८३,३४९।८५ देखिँदा आयभन्दा बढी भएको रु. १,२५,९६,३५३।५५ (एक करोड पच्चीस लाख छयानब्बे हजार तीन सय त्रिपन्न रूपैंया पचपन्न पैसा) बरावरको सम्पत्ति स्रोत नखुली निजको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएको हुँदा सार्वनजिक पद धारण गरेका निज दीर्घ नारायण कोईरालाले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २०(१) बमोजिम गैरकानूनी रुपमा सम्पत्ति आर्जन सम्बन्धी कसुर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु. १,२५,९६,३५३।५५ (एक करोड पच्चीस लाख छयानब्बे हजार तीन सय त्रिपन्न रूपैंया पचपन्न पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ग¸ दफा ३ र दफा २९ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २०(२) अनुसार विगो बमोजिम जरिवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ।
 
साथै, दीर्घ नारायण कोईरालाले सार्वजनिक सेवाको पदमा रहेर भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता पौडेल कोईरालासमेतको नाममा जग्गा खरिद, निजको नाममा दर्ता कायम रहेको जग्गामा घर निर्माण तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मुल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम श्रीमती गीता पौडेल कोईरालालाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release

जिल्ला चितवन, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत तत्कालीन प्रशासनतर्फ बरिष्ठ सहायक कमला अधिकारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/01/24
जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं.२६ बस्ने नन्दलाल पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/01/24
साविक आदर्श गा.वि.स. भवानीपुर जीतपुर, बाराका तत्कालीन गा.वि.स. सचिव आस महमद अन्सारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/01/20
पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/01/17
जिल्ला पर्सा, पोखरीया नगरपालिका वडा नं.२ का चन्दन कुमार मिश्र उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/01/15