जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष नृपेश वादे रु. १५,००,०००।- घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८०।१०।०३ गते।
----------------------------------------------------

जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश वादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष नृपेश वादेलाई सेवाग्राहीबाट रु.१५,००,०००।–(पन्ध्र लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित श्रोत नखुलेको Japanese Yen 10,000 (दस हजार) को  थान-१, USD 100 (एक सय) को थान-१, कार (Hyundai i10) र चालक पदम बहादुर प्रधानलाई समेत जिल्ला भक्तपुर, मध्यपुर थिमि न.पा. वडा नं.-३ गठ्ठाघरबाट आज मिति २०८०।१०।०३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release