नापी कार्यालय, ललितपुरका नापी सर्भेक्षक रामविर यादवसमेत ३ जना रु. २,५०,०००।- घुस रकमसहित नियन्त्रणमा।


प्रेस विज्ञप्ति:- मिति २०८०।१०।०९ गते।
----------------------------------------------------

नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामविर यादवसमेतले जग्गा कित्ताकाँट गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट रु.२,५०,०००।–(दुई लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित ललितपुर नापी कार्यालय, परिसरवाट आज मिति २०८०।१०।०९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रवक्ता
नरहरि घिमिरे

 

Download Download
  

Other Press Release