जिल्ला बाँके, सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे रु.७,०००।- घुस रकम र श्रोत नखुलेको रु.४५,९७५।- सहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८०।१०।११ गते।
----------------------------------------------------
जिल्ला बाँके, सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिई गएको टोलीले निज सहायक वन अधिकृत नारायण पार्देलाई सेवाग्राहीबाट रु.७,०००।–(सात हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रु.४५,९७५।- (पैतालीस हजार नौ सय पचहत्तर रुपैयाँ) समेत गरी जम्मा रु.५२,९७५।– (बाउन्न हजार नौ सय पचहत्तर रुपैयाँ) सहित जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ बाट आज मिति २०८०।१०।११ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
नरहरि घिमिरे
Other Press Release
जिल्ला बाँके, मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसमेत ३ जना घुस रकमसहित नियन्त्रणमा।
2025/05/24 |