जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मुगुका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इञ्जिनियर, वडाध्यक्षसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१०।१५ गते।
------------------------------------------
जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका, वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छायाँनाथ रारा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मुगुका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इञ्जिनियर महेश सिंह कठायत, असिस्टेन्ट सव-इञ्जिनियर हस्त बहादुर मल्लले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका, वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गुर्नपर्ने भनी लागत अनुमान स्वीकृत गरी अर्डिनरी स्वायलको मात्र मेशिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको भनी कामको बढी मूल्याङ्‍कन गराई नापी किताब, प्राविधिक विल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी रु.२८,६२,४५९।८४ बढी भुक्तानी गरेको देखिंदा निजहरु पिताम्बर सारु, महेश सिंह कठायत र हस्त बहादुर मल्लले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) अनुसार कसुर गरेकोले निजहरुलाई बिगो रु.२८,६२,४५९।८४ (अठ्ठाइस लाख बैसठ्ठी हजार चार सय उन्साठी रुपैयाँ पैसा चौरासी) कायम गरी ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) अनुसार सजाय हुन एवं सोही ऐनको ऐ.ऐ. दफा बमोजिम बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ।
यसैगरी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उन बहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लले फिल्डमा अर्डिनरी स्वायलको मात्र मेशिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको भनी कामको बढी मूल्याङ्‍कन गराई सम्झौता विपरीत नापी किताब, प्राविधिक विल र कार्यसम्पन्न प्रतिवेदन तयार एवं भुक्तानीको लागि पेश गरी रु.२८,६२,४५९।८४ भुक्तानी लिएको देखिंदा निजहरु उन बहादुर शाही, राधिका रावल र बिजुली मल्ललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोमा विगो रु.२८,६२,४५९।८४ (अठ्ठाइस लाख बैसठ्ठी हजार चार सय उन्साठी रुपैयाँ पैसा चौरासी) कायम गरी ऐ.ऐ. ऐनको दफा ८ उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिइएको छ।
साथै, सडक निर्माण अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, सदस्य हजर कला कामी र सोही न.पा.का इञ्जिनियर महेश सिंह कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इष्टिमेटअनुसार कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएको तथा सोही न.पा. वडा नं. ८ का वडाध्यक्ष कर्ण रावल र वडा नं. ७ का तत्कालीन सदस्य पशुपति शाहीले लागत अनुमान तथा सम्झौताअनुसार कार्य सम्पन्न भएको भनी गलत सिफारिस दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको देखिँदा निजहरु चक्र बहादुर सावत, हजर कला कामी, महेश सिंह कठायत, कर्ण रावल र पशुपति शाहीलाई सोही ऐनको सोही दफा तथा उपदफा बमोजिम सजाय तथा जरिवाना हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

अध्यागमन विभागका तत्कालीन कम्प्युटर अपरेटर राजिव महतोसमेत २ जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/27
जिल्ला महोत्तरी, साविक भरतपुर गाउँ विकास समितिका तत्कालीन सचिव महेश्‍वर महतो कोइरीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/24
मधेश प्रदेश सरकार, अर्थ मन्त्रालय, जनकपुरधामका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद साह, तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिका, सर्लाहीका तत्कालीन नगर प्रमुख भरत कुमार थापासमेत ७ जना र बिकोई/धुलिखेल जे.भी,, बानेश्वर, काठमाडौँ उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/23
जिल्ला कालिकोट, पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर बमसमेत १० जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/22
नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी, गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा आरोपपत्र दायर।
2026/07/21