जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मुगुका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इञ्जिनियर, वडाध्यक्षसमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१०।१५ गते।
------------------------------------------
जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका, वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छायाँनाथ रारा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मुगुका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इञ्जिनियर महेश सिंह कठायत, असिस्टेन्ट सव-इञ्जिनियर हस्त बहादुर मल्लले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका, वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गुर्नपर्ने भनी लागत अनुमान स्वीकृत गरी अर्डिनरी स्वायलको मात्र मेशिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको भनी कामको बढी मूल्याङ्‍कन गराई नापी किताब, प्राविधिक विल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी रु.२८,६२,४५९।८४ बढी भुक्तानी गरेको देखिंदा निजहरु पिताम्बर सारु, महेश सिंह कठायत र हस्त बहादुर मल्लले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) अनुसार कसुर गरेकोले निजहरुलाई बिगो रु.२८,६२,४५९।८४ (अठ्ठाइस लाख बैसठ्ठी हजार चार सय उन्साठी रुपैयाँ पैसा चौरासी) कायम गरी ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) अनुसार सजाय हुन एवं सोही ऐनको ऐ.ऐ. दफा बमोजिम बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ।
यसैगरी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उन बहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लले फिल्डमा अर्डिनरी स्वायलको मात्र मेशिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको भनी कामको बढी मूल्याङ्‍कन गराई सम्झौता विपरीत नापी किताब, प्राविधिक विल र कार्यसम्पन्न प्रतिवेदन तयार एवं भुक्तानीको लागि पेश गरी रु.२८,६२,४५९।८४ भुक्तानी लिएको देखिंदा निजहरु उन बहादुर शाही, राधिका रावल र बिजुली मल्ललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेकोमा विगो रु.२८,६२,४५९।८४ (अठ्ठाइस लाख बैसठ्ठी हजार चार सय उन्साठी रुपैयाँ पैसा चौरासी) कायम गरी ऐ.ऐ. ऐनको दफा ८ उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिइएको छ।
साथै, सडक निर्माण अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, सदस्य हजर कला कामी र सोही न.पा.का इञ्जिनियर महेश सिंह कठायतले द्विपक्षीय सम्झौता तथा प्राविधिक इष्टिमेटअनुसार कार्य सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन दिएको तथा सोही न.पा. वडा नं. ८ का वडाध्यक्ष कर्ण रावल र वडा नं. ७ का तत्कालीन सदस्य पशुपति शाहीले लागत अनुमान तथा सम्झौताअनुसार कार्य सम्पन्न भएको भनी गलत सिफारिस दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको देखिँदा निजहरु चक्र बहादुर सावत, हजर कला कामी, महेश सिंह कठायत, कर्ण रावल र पशुपति शाहीलाई सोही ऐनको सोही दफा तथा उपदफा बमोजिम सजाय तथा जरिवाना हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौलासमेत १० जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26