भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, मधेस प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत (आठौं) मिन बहादुर भट्टराईउपर बिगो रु.४,४०,१५,९२५।८६ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१०।१६ गते।
------------------------------------------
 
भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय, मधेस प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत (आठौं) मिन बहादुर भट्टराईले गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज मिन बहादुर भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५४।०४।२६ देखि मिति २०७९।०२।३० गते सम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोही अनुसारको अन्तिम Cut-off मिति (२०७९।०२।३०) को आधारमा समग्र आय तथा ब्ययको बिश्लेषण गर्दा सो अवधिभरमा निजको आयतर्फ पारिश्रमिक आय, अंशबण्डामा लिएको नगद, जग्गा बिक्री, शेयर बिक्री, ऋण सापटी लिएको, भत्ताबापत प्राप्त आय, कृषि आय, बिमा फिर्ता रकम, घर बहाल आय र सवारी साधन बिक्रीसमेत गरी जम्मा बैध आय रू.५,९४,६७,१४८।१० (पाँच करोड चौरानब्बे लाख सत्सठ्ठी हजार एक सय अडचालीस रुपैयाँ दश पैसा) र सोही अवधिमा निजले सिर्जना गरेका खर्च तथा लगानीतर्फ जग्गा खरिद, ऋण लिंदा तिरेको कमिसन, बिमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, शेयर खरिद, ऋण सापटी फिर्ता, बिद्युतीय उपकरण खरिद, घरको तला निर्माण, सवारी साधन खरिद र बैंक मौज्दात गरी खर्च तथा लगानी रु.१०,२३,९२,२८८।१५ (दश करोड तेइस लाख बयानब्बे हजार दुई सय अठासी रूपैंया पन्ध्र पैसा) देखिन आएबाट सो सिर्जित आयबाट निजको ब्यय घटाउँदा हुन आउने रकम रू.४,२९,२५,१४०।०५ (चार करोड उनन्तीस लाख पच्चीस हजार एक सय चालीस रुपैयाँ पाँच पैसा) भएतापनि सो अवधिमा स्रोत नखुलेका अवधिका बिभिन्न Cut–off मितिमा निजले गरेको खर्च तथा लगानी (सम्पत्ति) रकम रु.४,४०,१५,९२५।८६ (चार करोड चालीस लाख पन्ध्र हजार नौ सय पच्चीस रुपैया छयासी पैसा) को बैधानिक स्रोत नखुलेको देखिंदा निजको बैध आयको तुलनामा निजको खर्च एवं लगानी सहितको सम्पत्ति अमिल्दो र अस्वभाविक एवं गैरकानूनी सम्पत्ति आर्जन गरेको पाइएको हुँदा निज मिन बहादुर भट्टराईले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज मिन बहादुर भट्टराईलाई बिगो रु.४,४०,१५,९२५।८६ (चार करोड चालीस लाख पन्ध्र हजार नौ सय पच्चीस रूपैयाँ छयासी पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५¸ दफा १६ग¸ दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) अनुसार विगो बमोजिम जरीवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्ति समेतबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख बमोजिम बिगो र जरिवाना जफत गरी पाउन मागदाबी लिइएको छ।  
यसैगरी, निज मिन बहादुर भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति निजको कान्छी श्रीमती झुना कुमारी कठेतसमेतको नाममा जग्गा खरिद, शेयर खरिद, तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ ग¸ दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ ख. बमोजिम झुना कुमारी कठेतलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्ति मध्येबाट बिगो जफत र जरिवाना गरी पाउन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत (करार) याम कुमार कार्की उपर गलत लिखत तयार गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/17
काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइ काजी तिवारी उपर बिगो रू.१०,५४,९५,८७१/३९ कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/16
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसमेत १८ जना र Mega Minds Architects and Structure Pvt. Ltd. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/15
जिल्ला दैलेख, गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यसमेत २ जना र आर.के. कन्स्ट्रक्सन, सुर्खेत उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/13
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ) शंकर थापासमेत ३ जना उपर गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/10
प्रतिनिधि सभाका पूर्व सभामुख कृष्ण बहादुर महरा, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसमेत २८ जना र DEXTER TRAVELS AND TOURS PVT.LTD उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/04/09