नापी कार्यालय, ललितपुरका सर्वेक्षक रामविर यादव र मालपोत कार्यालय, ललितपुरका ना.सु. प्रदिप पौडेलसमेत ५ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।११।११ गते।
------------------------------------------
 
नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामविर यादवसमेतले जग्गा कित्ताकाँट गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सर्भेक्षक रामविर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट रु.२,५०,०००।–(दुई लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०८०।१०।०९ गते नियन्त्रणमा लिइएको थियो। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download