जिल्ला हुम्ला, चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।०१ गते।
------------------------------------------
 
जिल्ला हुम्ला, चंखेली गाउँपालिका वडा नं. ३ स्थित ब्याफु खानेपानी मर्मत योजनाका लागि आ.ब. २०७४।०७५ मा छुट्टाइएको रकम अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाई, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर र सब-इन्जिनियर हर्कधन बुढाले ब्याफु खानेपानी मर्मत योजनाको फिल्डमा नापी किताब बमोजिम काम नभए पनि काम भएको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ता सम्बन्धी झुट्टा बिल भरपाई तयार गर्ने, चेक गर्ने, प्रमाणित गर्ने र टिप्पणीमा सही गर्ने कार्य गरी आफूसमेतलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने बदनियतले वास्तविक रुपमा काम भएको भन्दा बढी रु.५,१५,१०८।९७ बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिम कसुर गरेको पुष्टि हुन आएको हुँदा निजहरुलाई रु.५,१५,१०८।९७ (पाँच लाख पन्ध्र हजार एक सय आठ रुपैयाँ सन्तानब्बे पैसा) बिगो कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन एवं बिगो असुलउपर हुनसमेत मागदाबी लिइएको छ। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे
 

Download Download
  

Other Press Release

जिल्ला चितवन, बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत तत्कालीन प्रशासनतर्फ बरिष्ठ सहायक कमला अधिकारी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/01/24
जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं.२६ बस्ने नन्दलाल पौडेल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/01/24
साविक आदर्श गा.वि.स. भवानीपुर जीतपुर, बाराका तत्कालीन गा.वि.स. सचिव आस महमद अन्सारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी तथा सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/01/20
पूर्वाञ्चल विश्वविद्यालयका मुख्य सहायक (कम्प्युटर) हिरालाल यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2025/01/17
जिल्ला पर्सा, पोखरीया नगरपालिका वडा नं.२ का चन्दन कुमार मिश्र उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/01/15