नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौला उपर रु.१,६१,२०,००४।३० बिगो कायम गरी गैरकानूनी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।०४ गते।
------------------------------------------
 
नेपाल टेलिकममा कार्यरत स्थायी कर्मचारी इन्जिनियर निर्मल प्रसाद सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै Himdung & Thokar Construction Company मा समेत कार्य गरी व्यापार व्यवसाय गरेको र Suryabinayak-Dhulikhel-Sindhuli-Bardibas Road Project मा ठेक्का लिई प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौलाले साविक नेपाल टेलिकमको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०६१ को विनियम ८१(३) र हाल प्रचलित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०७८ को विनियम १०१ बमोजिम व्यापार व्यवसाय संचालन गर्न वा वाह्य कार्य गर्न स्वीकृत लिनुपर्ने कानूनी प्रावधान विपरीत नेपाल टेलिकमको विना स्वीकृति निजी कम्पनी Himdung and Thokar Construction Pvt. Ltd. को शेयर खरिद गरी संस्थापक शेयरधनी बनी कम्पनीमा निर्देशकको हैसियतमा आ.व.२०६९।०७० देखि काम गरिरहेको, परिश्रमिकवापत रकम बुझेको तथा विभिन्न ठेक्कापट्टासमेतमा सामेल भई Himdung and Thokar Construction Pvt. Ltd. कम्पनीबाट रु.४५,१७,५००।- पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट प्राप्त आय रु.१,१६,०२,५०४।३० समेत गरी जम्मा रु.१,६१,२०,००४।३० (एक करोड एकसठ्ठी लाख बीस हजार चार रुपैयाँ तीस पैसा) गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको पुष्टि भएको हुँदा निज निर्मल प्रसाद सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति रु.१,६१,२०,००४।३० (एक करोड एकसठ्ठी लाख बीस हजार चार रुपैयाँ तीस पैसा) बिगो कायम गरी सोही ऐनको दफा १४ बमोजिम सजाय गरी गैरकानूनी आर्जन गरेको सम्पत्तिसमेत जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download