ईशनाथ नगरपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ता, इन्जिनियर, प्रधानाध्यापकसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८०।१२।०५ गते।
------------------------------------------
 
जिल्ला रौतहट, ईशनाथ नगरपालिका, वडा नं. ५ स्थित श्री आधारभूत विद्यालय लक्ष्मिनिया, जटहरामा २ कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको कार्य गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा ईशनाथ नगरपालिका नगर कार्यपालिका, रौतहटका तत्कालीन इन्जिनियर सत्यपाल सौरभले तयार गरेको Work complete report  मा रहेको Brick Masonary work in (1:6) cement mortar को कार्य फिल्डमा वास्तविक ४७.८४ Cu.m. भएकोमा ५३.३७ Cu.m.उल्लेख गरी सम्झौतासाथ संलग्न गरिएको इष्टिमेटको दररेटअनुसार बढी Quantity 5.53 cu.m. को हुने रु.६०,८५२/१५ यसै गरी Item 6 को PCC work (1:2:4) मा 1.74 cu.m. फिल्डमा वास्तविक कार्य भएकोमा 3.67 उल्लेख गरी बढी देखाइएको 1.93 cu.m. को हुने रु.२५,७९५।४८ गरी जम्मा रु.८६,६४७।६३ बढी भुक्तानी गर्न प्रतिवेदन/विल तयार गरी पेश गरेको हुँदा निजलाई बिगो रु.८६,६४७।६३ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ङ) बमोजिम झुट्टा बिल बनाई बढी भुक्तानी दिन सिफारिस गरेको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन साथै निजले भवनको छानामा UPVC प्रयोग गरेको अवस्थामा नापी कितावमा वास्तविकभन्दा फरक हुने गरी CGI Sheet उल्लेख गरेको एवं बढी भुक्तानीका लागि गलत प्रतिवेदन तयार गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १९(२) बमोजिम थप सजाय हुन मागदाबी लिइएको छ। क्रमश...
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/23
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा समेत १४ जना र दुई कम्पनी उपर पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/22
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/19
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17