जिल्ला मकवानपुर, मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसमेत ३ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


 
प्रेस विज्ञप्ति:- मिति २०८१।०२।३२ गते।
------------------------------------------
जिल्ला मकवानपुर, मनहरी गाउँपालिका वडा नं. ६ स्थित लोथर-हाङ्गलाङ्ग-फरिवाङ्ग-पाङ्गथली सडक स्तरोन्नति कार्यमा अनिमियतता भएको भन्ने उजुरी निवेदन समबन्धमा अनुसन्धान हुँदा जिल्ला मकवानपुर, मनहरी गाउँपालिका वडा नं. ६ स्थित लोथर-हाङ्गलाङ्ग-फरिवाङ्ग-पाङ्गथली सडक स्तरोन्नतिको क्रममा २३५९२.३२ घ.मि. मात्र माटो कटिङ्गको कार्य भएकोमा नापी किताबसँग भए गरेको कामको परिमाण तुलना गर्दा Earthwork Excavarion works आइटममा ८३३८.९३ घनमिटर कम काम भएको देखिएकोले यथार्थभन्दा बढी मूल्याङ्‍कन गरी उक्त योजनाको स्थलगत रुपमा निर्माण कार्यको निर्धारित शर्त तथा मापदण्ड विपरीत गरेको कार्यलाई गुणस्तरयुक्त वा मापदण्ड बमोजिम भए गरेको हो भनी नगरेको कामको झुट्टा नापी किताब, मूल्याङ्‍कन तथा झुट्टा बिल भरपाई बनाई कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिस गरेको कार्यबाट रु.३,९१,९२९।७१ (तीन लाख एकान्नब्बे हजार नौ सय उनन्तीस रुपैयाँ र पैसा एकहत्तर) बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको हुँदा उक्त कार्यमा संलग्न देहायका व्यक्तिहरुउपर देहाय बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/23
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा समेत १४ जना र दुई कम्पनी उपर पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/22
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/19
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17