जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।०२ गते।
------------------------------------------

जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज मोहन सिंह धामी र अशोक सिंह धामीलाई सेवाग्राहीबाट नगद रु.४,१२,०००।–(चार लाख बाह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र अशोक सिंह धामीको नाममा काटिएको रु.२,५०,०००।– (दुई लाख पचास हजार रुपैया) को २ (दुई) वटा गरी रु.५,००,०००।– (पाँच लाख) को चेकसहित नियन्त्रणमा लिइएको थियो।

जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीले कृषि सामाग्री वापत भुक्तानी गर्नुपर्ने रकमको चेकहरु शैल्यशिखर नगरपालिका अन्तर्गतका कृषक समूहबाट संकलन गरी आफूसँग राखी भुक्तानी गर्नको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.४,१२,०००।–(चार लाख बाह्र हजार रुपैयाँ) नगद र प्रतिवादी अशोक सिंह धामीको नाममा काटिएको रु.२,५०,०००।- दरको थान-२ चेकहरूको हुने रु.५,००,०००।-(पाँच लाख रुपैयाँ) गरी जम्मा  रु.९,१२,०००।- (नौ लाख बाह्र हजार रुपैयाँ) घुस/रिसवत लिएको पुष्टि भएको हुँदा निजहरु मोहन सिंह धामी र अशोक सिंह धामीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु.९,१२,०००|- (नौ लाख बाह्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

 

Download Download
  

Other Press Release

यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोक बहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सह-सचिव) उमेश ढुङ्गानासमेत ३२ जना उपर गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ११ जना उपर सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ३३ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
सर्लाही जिल्ला स्थित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापासमेत १३ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/11
गोदावरी नगरपालिका, ललितपुरका करार इन्जिनियर पदमा कार्यरत सुबास बिष्ट उपर बिगो रू. १,९७,१०,१५७/६३ कायम गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/10
जिल्ला नवलपरासी (ब.सु.प.), महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/09