जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामी उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८१।०५।०२ गते।
------------------------------------------

जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज मोहन सिंह धामी र अशोक सिंह धामीलाई सेवाग्राहीबाट नगद रु.४,१२,०००।–(चार लाख बाह्र हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम र अशोक सिंह धामीको नाममा काटिएको रु.२,५०,०००।– (दुई लाख पचास हजार रुपैया) को २ (दुई) वटा गरी रु.५,००,०००।– (पाँच लाख) को चेकसहित नियन्त्रणमा लिइएको थियो।

जिल्ला दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीले कृषि सामाग्री वापत भुक्तानी गर्नुपर्ने रकमको चेकहरु शैल्यशिखर नगरपालिका अन्तर्गतका कृषक समूहबाट संकलन गरी आफूसँग राखी भुक्तानी गर्नको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी रु.४,१२,०००।–(चार लाख बाह्र हजार रुपैयाँ) नगद र प्रतिवादी अशोक सिंह धामीको नाममा काटिएको रु.२,५०,०००।- दरको थान-२ चेकहरूको हुने रु.५,००,०००।-(पाँच लाख रुपैयाँ) गरी जम्मा  रु.९,१२,०००।- (नौ लाख बाह्र हजार रुपैयाँ) घुस/रिसवत लिएको पुष्टि भएको हुँदा निजहरु मोहन सिंह धामी र अशोक सिंह धामीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो रु.९,१२,०००|- (नौ लाख बाह्र हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

 

Download Download
  

Other Press Release

प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/23
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा समेत १४ जना र दुई कम्पनी उपर पशुपति क्षेत्र विकास कोष/सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना/हानीनोक्सानी गरी गराई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/22
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/19
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतम उपर बिगो रु.२,५१,७८,६८७।७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/06/17