प्रतिवादी विकाश झासमेत रहेको भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०६।०२ गते ।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटः-
श्री नेपाने माध्यामिक विद्यालय, सिरानचोक, गोरखाका प्रधानाध्यापक शिवकुमार साहले आ.व. २०७१/०७२ मा विद्यालयको लागि प्राप्त भएको बिभिन्न शीर्षकको सरकारी अनुदानको रकम रु.५,९५,४००।- बदनियतपूर्वक गलत कागजात तयार गरी हानिनोक्सानी गरी खाए मासेको हुँदा निजलाई भ्रष्टाचार निवार ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा बिगो रु.५,९५,४००।-(पाँच लाख पन्चानब्बे हजार चार सय) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९को दफा १७ ले निर्देश गरे बमोजिम सोहि ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी दफा १७ बमोजिम बिगोसमेत असुल उपर हुन,
प्रतिवादी शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन प्राविधिक विकाश झाले सह अभियुक्त शिव कुमार साहसंग मिलेमतो गरी बदनियतसाथ झुट्टा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी विद्यालयको लागि बिभिन्न शिर्षकमा प्राप्त अनुदान रु.३,५०,०००।- हानिनोक्सानी गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूरमा बिगो रु.३,५०,०००।-(तीन लाख पचास हजार)  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम सोहि ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी दफा १७ बमोजिम बिगोसमेत असुल उपर हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको ।
विशेष अदालतको मिति २०८०/०९/२४ को फैसलाबाट निम्न आधारमा बिकाश झालाई सफाई दिएको:-
• नभएको झुट्टा नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन बनाई योजना फरफारक गर्ने कार्यमा यी  प्रतिवादीको संलग्नता रहेको भनी अर्का प्रतिवादी शिवकुमार साहले विकाश झालाई पोल गरेको नदेखिएको।
• प्रतिवादीले अनुचित लाभ लिएको भन्ने मिसिल प्रमाणबाट नदेखिएको।
 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०६।०२ मा पुनरावेदन गरिएको छः-
 
देहाय:
क) प्रतिवादी विकाश झाको हकमा शिक्षा कार्यालयबाट विनियोजन भएको रकमबाट तोकिएको कार्य नगरी सरकारी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रधानाध्यापक शिवकुमार साह र नभएको कार्य भएको भनी गलत प्रतिवेदन दिने प्रतिवादी विकाश झासमेत अभियोजन गरिएकोमा शिवकुमार साहलाई अभियोग मागदावी वमोजिम कसूर ठहर गरी सजाय भएको। तर नभए नगरेको काम भए गरेको भनी बनावटी तथ्य, कागजातहरु एवं झुट्टा कार्यको प्रतिवेदन दिई भ्रष्टाचारजन्य कसूरमा प्रत्यक्ष संलग्न रहेका प्रतिवादी बिकाश झालाई सफाई दिनेगरी भएको फैसला त्रुटिपूर्ण भै बदरभागी रहेको। 
ख) प्रतिवादी विकास झाले अनुसन्धान अधिकारी समक्ष वयान गर्दा आफुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्र.अ. को रोहवरमा शौचालय निर्माण समेतको कार्य सम्पन्न प्रतिवेदन दिएको हुँ। समितिको निर्णय र मुचुल्काको आधारमा नापी किताब तयार गरेको हो भनी नयाँ पुरानो के कस्तो काम हो यकिन नगरी विद्यालयको प्र.अ. समेतले भनेको आधारमा प्रतिवेदन दिएको स्वीकार गरेको। सबूद प्रमाणको न्यायिक मूल्याङ्कन गर्न नसकेको, प्रतिवादी शिव कुमार साहले अनुसन्धानमा वयानको क्रममा नापजाँच गर्न विद्यालयमा प्राविधिक नै नआएको र योजना फरफारकको लागि नक्कली कागजातहरु तयार गरिएको हो भनी लेखाइ दिएको अवस्थामा प्रतिवादी विकास झाले निर्माण स्थलमा नै नगई निर्माण एवं मर्मत कार्य नहेरी कार्य सम्पन्न प्रतिवेदन दिएको स्पष्ट देखिंदा देखिंदै प्रतिवादी विकाश झालाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण देखिंदा बदरभागी रहेको।
ग) विद्यालय व्यवस्थापन समिति एवं प्र.अ. ले निवेदन गरेपछि मैले गएर हेरेको हूँ। मैले सो सम्बन्धमा हेर्दा सबै कार्य सम्पन्न भइसकेको देखेको, व्यवस्थापन समिति र प्र.अ.ले सम्पन्न भइसकेको भनी शौचालय एवं मर्मतको काम देखाएकोले सो हेरी कार्य सम्पन्न प्रतिवेदन दिएको हुँ” भनी आफुले उनिहरुले देखाएको भरमा काम सम्पन्न भएको प्रतिवेदन दिएको स्वीकार गरेको तथ्यतर्फ नजर अन्दाज गरी प्रतिवादीलाई सफाई दिनेगरी भएको फैसला त्रुटिपूर्ण देखिंदा बदरभागी रहेको।
 
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादी डा.बलराम थापा क्षेत्रीसमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/12
प्रतिवादी रमेश प्रसाद यादवसमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/12
प्रतिवादी नगेन्द्र प्रसाद सापकोटासमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/12
प्रतिवादी अवधकिशोर प्रसाद कुशवाहासमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/11
प्रतिवादी रामचन्द्र भुषालसमेत रहेको घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/11
प्रतिवादी मधुकर प्रसाद राजभण्डारी रहेको गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/10