जिल्ला कास्की, पोखरा महानगरपालिकाको उजुरी फछर्यौट समन्वय शाखामा कार्यरत प्रशासकीय अधिकृत (सातौं तह) कपिल गिरी घुस रकमसहित नियन्त्रणमा।
प्रेस विज्ञप्ति:- मिति २०८१।१२।०७ गते।
----------------------------------------------------
जिल्ला कास्की, पोखरा महानगरपालिकाको उजुरी फछर्यौट समन्वय शाखामा कार्यरत प्रशासकीय अधिकृत (सातौं तह) कपिल गिरीले अख्तियारमा उजुरी परी पत्र आएको छ उक्त उजुरीसँग सम्बन्धित केस मिलाई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज कपिल गिरीलाई सेवाग्राहीबाट रू.२५,०००।- (पच्चीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित पोखरा महानगरपालिकाको गेट अगाडिबाट आज मिति २०८१।१२।०७ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
Other Press Release
जिल्ला बाँके, मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसमेत ३ जना घुस रकमसहित नियन्त्रणमा।
2025/05/24 |