प्रतिवादी लक्ष्मण प्रसाद यादवसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।०३।०२ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साह, तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव समेतका प्रतिवादीहरु उपर जिल्ला महोत्तरी, रम्तेलडाँडा सामुदायिक वन क्षेत्रको बिभिन्न रुखहरु व्यक्तिलाई लाभ हुने गरी कटान गरेको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा रु.११,९६,६९५/- बिगो कायम गरी ऐ. ऐनको दफा १७ ले निर्दिष्ट गरे बमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र दफा ३ को उपदफा (१) बमोजिम जरीवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानीनोक्सानी भएको बिगो असुल उपर हुन साथै गलत विवरण व्यहोराको सर्जमिन मुचुल्का तयार गरी ऐ. ऐनको दफा १९ को उपदफा (२) को कसुरमा ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद  र जरिवाना हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।०३।२५ को फैसलाबाट आंशिक सफाई दिएकोले उपरोक्त फैसलाउपर मिति २०८२।०३।०२ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
  

Other Press Release

प्रतिवादी राजेन्द्र प्रसाद भारीसमेत रहेको शीत भण्डार निर्माणको काममा सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/07
प्रतिवादी कौशलेन्द्र मिश्र रहेको गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/07
प्रतिवादी सूर्य प्रसाद सिलवाल रहेको नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/03
प्रतिवादी टंक बहादुर नेगीसमेत रहेको गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/03
प्रतिवादीहरु जीवन बहादुर शाहीसमेतले आपूर्तिकर्ता कम्पनी तथा उक्त कम्पनीका पदाधिकारीहरुसमेतसँग मिलेमतो गरी वाईडबडी विमान खरिद गर्दा बदनियत राखी Price Escalation भुक्तानी दिएको र MTOW 242 tons बाट MTOW 230 tons को Certification लिंदा १२ टनको हुन आउने समानुपातिक मूल्य कम गर्नु पर्नेमा नगरी मूल्य नघटाई MTOW २४२ टनको पुरै मूल्य भुक्तानी गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2025/12/02
प्रतिवादी मोहन सिंह धामीसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरिएको।
2025/12/01