बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसमेत ९ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०३।०५ गते।
------------------------------------------
 
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का कार्यकारी निर्देशकले बिना प्रक्रिया परिषद्‍को रकम खर्च गरेको, स्करपियो गाडी खरिद गरी बिक्री गर्दा अनियमितता गरेको भन्नेसमेत व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी बलराम ठाकुर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍को कार्यकारी निर्देशकको पदमा मिति २०७५।०८।०५ देखि मिति २०७९।०८।०४ सम्म कार्यरत अवधिमा निज प्रतिवादी बलराम ठाकुरले अन्य प्रतिवादीहरुसँगको आपसी मिलेमतो तथा योजनामा निजी प्रयोग प्रचलनको लागि बा १३ च २०३७ नम्बरको स्कर्पियो गाडी खरिदको लागि बैना दिए लिएको एक वर्ष पश्चात निजले श्रीमती इन्दुलेखा कुमारी ठाकुरको नाममा उक्त गाडी यातायात कार्यालयबाट नामसारी गरे गराएको देखिएकोमा निज बलराम ठाकुरले गाडी नं. बा.१६ च ६४७ को गाडी धनी मुकेश यादवसँग गाडी भाडामा लिन सम्झौता गरेको देखाई गाडी भाडा भुक्तानीको लागि निवेदन, सम्झौता लगायतको गलत लिखत तयार गरी गराई निज मुकेश यादवको नाममा रु.१०,००,०००।– चेक काटेको देखाई निज बलराम ठाकुरले श्रीमतीको नाममा खरिद गरेको गाडी विक्रेताको बैंक खातामा गैरकानूनी रुपमा रु.१०,००,०००।-भुक्तानी गरे गराएको। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
 
 

आरोपपत्र प्रेशबिज्ञप्ति आरोपपत्र प्रेशबिज्ञप्ति
  

Other Press Release

यातायात व्यवस्था कार्यालय नेपालगंज बाँकेका तत्कालीन कार्यालय प्रमुख लोक बहादुर सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सह-सचिव) उमेश ढुङ्गानासमेत ३२ जना उपर गलत लिखत एवं गलत प्रतिवेदन तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ११ जना उपर सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोक बहादुर सुनारसमेत ३३ जना उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/26
सर्लाही जिल्ला स्थित सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापासमेत १३ जना उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/11
गोदावरी नगरपालिका, ललितपुरका करार इन्जिनियर पदमा कार्यरत सुबास बिष्ट उपर बिगो रू. १,९७,१०,१५७/६३ कायम गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/10
जिल्ला नवलपरासी (ब.सु.प.), महेन्द्र माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण चौधरीसमेत २ जना उपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/02/09