जिल्ला पर्सा, पोखरीया नगरपालिका, (हाल बहुदरमाई नगरपालिका, पर्सा) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साहलाई नियन्त्रणमा लिइएको।
प्रेस विज्ञप्ति:- मिति २०८२।०३।०६ गते ।
----------------------------------------------------
जिल्ला पर्सा, पोखरीया नगरपालिकामा कार्यरत कर्मचारीहरुले बिभिन्न योजनाहरुको स्वीकृति एवं कर्मचारी नियुक्ति लगायतका विषयहरुमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानको सिलसिलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पोखरीया नगरपालिका, पर्सा (हाल बहुदरमाई नगरपालिका, पर्सा) का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव र नायब सुब्बा संदीप साहलाई बिद्युतीय उपकरण (मोबाइल) थान-४ सहित जिल्ला पर्सा, बिरगंज महानगरपालिका वडा नं. १२ प्रतिमा चोक र वडा नं. ३ प्रगतिनगरबाट आज मिति २०८२।०३।०६ गते नियन्त्रणमा लिइएको छ। साथै हाल पोखरीया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बिनय कुमार सिंह र ऐ.नगरपालिका वडा नं. २ का सचिव ओम प्रकाश चौरसियाको साथबाट बिद्युतीय उपकरण (मोबाइल) थान-२ बरामद गरी थप अनुसन्धान भइरहेको छ।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया