प्रतिवादी प्रदिप भट्टराईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८२।०३।१८ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कम्प्युटर इन्जिनियरको रुपमा करारमा कार्यरत प्रतिवादी प्रदिप भट्टराई उपर राहदानी बनाईदिने भनी सेवाग्राहीसँग रु.३४,०००।- घुस/रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.३४,०००।- कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले मिति २०८१।०२।२४ को फैसलाबाट सफाई दिएकोले उपरोक्त फैसलाउपर मिति २०८२।०३।१८ गते सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन प्रेश बिज्ञप्ति पुनरावेदन आरोपपत्र पुनरावेदन आरोपपत्र
Tweet